होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग
समाचार

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग

  • नागरिक रैबार
जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन माग

जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै इन्द्रजित साफीले पुस २५ गतेदेखि आफ्नो अधिकार र पहिचानको लागि राष्ट्रियस्तरको आन्दोलन गर्ने पनि उनले चेतावनी दिए । सरकारले जसरी भन्छ आफुहरु त्यसरी नै प्रस्तुत हुने पनि उनले बताए । उनले जबसम्म माग पुरा हुँदैन त्यतिबेलासम्म आन्दोलन जारी रहने बताए । एकपटक आफ्नो ठाउँमा उभिएर सोच्न पनि सरकारलाई आग्रह गरे ।

उनले मोटरसाइकलको लाइसेन्स, जग्गा पास गर्न, बैंक खाता खोल्न, सिमकार्ड लिन पनि नागरिकता आवश्यक हुने भएकोले नागरिकता नभएकै कारण धेरै समस्या पाइरहेको सुनाए । २५ गतेदेखि संसद भवन घेराउ, मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय घेराउ तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास घेराउ गर्नेलगायतका कार्यक्रम रहेको उनले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार