नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराबाट एकै दिन दुई जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ४ दिन देखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ र मंगलबार देखी सुत्केरी ब्यथा लागेकी बुढिनन्दा नगरपालिका वडा न २ की मनु रेग्मी पाध्यायको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सुत्केरी हुन नसकेकी ४ दिन देखि उद्धारको पर्खाइमा रहेकी जगन्नाथकी ३२ बर्षिया जेनीलाई अछामको साफेँबगरबाट उद्धार गरिएकाे छ भने मनु रेग्मी पाध्यायले कोल्टीबाट उद्धार गरिएको हो ।
४ दिन देखी सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की २३ बर्षिया जेनि राई नाथ अस्पताल बाजुरामा हेलिकप्टरको पर्खाइमा रहकी भए पनि उनलाइ जिल्ला अस्पताल बाजुराले डडेल्धुरा अस्पतालमा रिफर गरेपछि बुधबार बिहान एम्बुलेन्स मार्फत पठाएको र अछामको साँफेबगर बाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
गर्भवती महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिएको हो । मौसम खराबीका कारण हिजो देखी हेलिकप्टर आउन नसकेको भए पनि बुधबार दिउसोँ १ बजे दुबै जना महिलाको एकै पटक उद्धार गरि लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु