नागरिक रैबार/बाजुरा १८ साउन।बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले अवरुद्ध साँफे-मार्तडी सडक एकहप्ता भित्र संचालनमा ल्याउने बताएका छन् ।
मंगलबार कन्सन बाजुरामा सडक विभाग र अम्कोट बासीसंग सडक खुलाउने विषयमा राखेको छलफलमा उनले सो कुरा बताएका हुन् । उनले वर्षेनी साँफे-मार्तडी सडक अन्तरगत बल्दे दवारीको सडक पहिरोका कारण अवरुद्ध हुँदै आएकोले यसको विकल्पका रुपमा कन्सन बाजुरालाई जिरो प्वाईन्ट मानेर दवारीसम्म नयाँ सडक निर्माण गर्ने छलफलमा निणर्य भएको बताए ।
यस अघि वर्षेनी साँफे-मार्तडी सडक संचालनका लागि भन्दै बल्दे दवारी क्षेत्रमा सडक विभागले अम्कोट बासीको खेतियोग्य जमिन कटान गरेर सडक संचालन गर्ने गरेको थियो ।
बल्दे दवारी सडक पहिरोका कारण भाषिएकोले अव सो क्षेत्रमा सडक खन्न नदिने र अम्कोट माथिबाट नयाँ सडक कटान गर्न दिने अम्कोट बासीले सहमति जनाएपछि यसै साताभित्र बल्दे दवारीको बैकल्पिक सडक निर्माण कार्य सूरु गरिने बुढीगंगाका नगर प्रमुख बानियाँले बताएका छन् ।
यता सडक विभागका प्रतिनिधि अनिल कुमार जैरवालले अम्कोट बासीले बल्दे दवारीको बैकल्पिक सडक निर्माणका लागि जग्गा उपलव्ध गराएमा सडक निर्माणको काम छिट्टै सूरु गर्ने बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु