काठमाडौं, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशीको कटान प्रभावितलाई उद्धारको लागि हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
खाँणले उदयपुरको बेलका नगरपालिका–१,२,८ र ९ मा सप्तकोशीले कटान गर्न थालेपछि उद्धारको लागि तयार हुन निर्देशन दिएका हुन् ।
कोशीको बहाव बस्तीमा पसेपछि उक्त क्षेत्रका बासिन्दाहरुलाई स्थान्तरणको प्रयास थालेको छ । खाँणले नेपाली सेनालाई राहत र उद्दारको लागि विमान तयारी अवस्थामा राख्न टेलिफोन मार्फत निर्देशन दिएका हुन् । कटानबाट २४ सय घर परिवार प्रभावित भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु