नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ ।
बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताएका छन ।
बैसाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा धादली भएकाे भन्दै स्थगित गराएकाे थियाे । स्थगित भएकाे चुनाव पुन असार २३ गतेका लागि ताेकिएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु