होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतदान केन्द्रको माग गर्दै जगन्नाथबासी आन्दोलित
समाचार

मतदान केन्द्रको माग गर्दै जगन्नाथबासी आन्दोलित

  • नागरिक रैबार
मतदान केन्द्रको माग गर्दै जगन्नाथबासी आन्दोलित

नागरिक रैबार/बाजुरा २० चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु मतदान केन्द्रको माग गदै सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेको छ ।

निर्वाचन आयोगले एक वडा एक मतदान केन्द्रको व्यवस्था गरिने भनेको भएपनि बाजुराको जगन्नाथ गाउँपालिकाको ६ नम्बर वडामा मतदान केन्द्र कायम नभएको भन्दै उनीहरु सदरमुकाम मार्तडीमा आएर विरोधमा प्रर्दशनमा उत्रिएका हुन् ।

बिरोध कार्यक्रममा एक वडा एक मतदान केन्द्र कायम गर, जनताको मागलाई सम्बोधन गर,लगाएतका नाराहरु लगाउदै विरोध गरेका थिए । यस भन्दा पहिलेको चुनावमा गाउँपालिका -५ र ६ को मतदान केन्द्र एउटै भएको हुदाँ स्थानीयलाई मतदान गर्न असहज वातावरण भएकोले मतादान केन्द्र छुट्याउन माग गरेको स्थानीय रामलाल विष्टले बताएका छन् ।

विज्ञापन

गाउँपालिकाका दुई वटै वडाले वडामा फरक फरक ठाउँमा मतदान केन्द्रको माग गरेरको सिफारिससहित जिल्ला प्रशासन कार्यालय बाजुरा र निर्वाचन कार्यालय बाजुरामा ज्ञापन पत्र समेत बझाएका छन् ।

जगन्नाथ गाउँपालिका ६ र ५ को भौगोलिक दुरी धेरै टाढा परेको र त्यसैमा मतदान केन्द्रमा पुग्न मात्रै ४ घण्टा पैदल दुरी हिड्नु पर्ने बाध्यता भएको उनीहरुले बताएका छन् ।

यता निर्वाचन कार्यालय बाजुराका प्रमुख निर्वाचन अधिकृतले भने अर्को चुनावमा मात्र यो सम्भव भएको यो चुनावमा मतदान केन्द्र छुट्याउन नसकिने बताएका छन् ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले भने आफु यो मागका लागि सकरात्मक पक्ष रहेको र आफुले यो मागको लागि निर्वाचन आयोगसँग कुरा राख्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १५ घन्टा अगाडि

भर्खरै