होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • असिनासहित वर्षाको सम्भावना, आइतबारदेखि मौसम सुधार
समाचार

असिनासहित वर्षाको सम्भावना, आइतबारदेखि मौसम सुधार

  • नागरिक रैबार
असिनासहित वर्षाको सम्भावना, आइतबारदेखि मौसम सुधार

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना भएकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना छ । त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्द सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

विज्ञापन

पौडेलका अनुसार बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि होला,’ मौसमविद पौडेलले भने ।

शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ । तर मध्य र पूर्व क्षेत्रमा भने यसको असर बाँकी नै रहने उनले बताए ।

कुन दिन, कहाँ, कस्तो प्रभाव पर्छ ?

यस प्रणालीको प्रभावले बिहीबारको दिन पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबारको दिन देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । मौसमविद पौडेलले मध्यम खालको असिना पर्न सक्ने बताए ।

यस दिन देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

शनिबारको दिन गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार