होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल
समाचार

राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

  • नागरिक रैबार
राष्ट्रपतिले खोप माग्दै पत्राचार गर्नु संविधानको उल्लंघन : भीम रावल

१७ जेठ, काठमाडौं । पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् ।

कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।

सोमबार अपरान्ह ट्वीटरमा उनले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भनी प्रश्न उठाएका छन् ।केही दिनयता राष्ट्रपति भण्डारीले खोप उत्पादक विभिन्न मुलुकका राष्ट्र प्रमुखलाई खोप सहजीकरणको आग्रह गर्दै पत्राचार गरेकी छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार