होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीले जगन्नाथ गाउँपालिकामा साढे ४ कराेड क्षति
समाचार

बाढीले जगन्नाथ गाउँपालिकामा साढे ४ कराेड क्षति

  • नागरिक रैबार
बाढीले जगन्नाथ गाउँपालिकामा साढे ४ कराेड क्षति

नागरिक रैबार/बाजुरा १३ कार्तिक। कार्तिक २ गते बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाकाे कार्यालय बगाउँदा साढे ४ कराेडकाे क्षति भएकाे छ ।

बेमौसमी बर्षासँगै जुड्डी खाेलामा आएकाे बाढीले गाउँपालिकाकाे भाैतिक संरचनासंगै कार्यालयका सामाग्री सहित साढे ४ कराेडकाे क्षति भएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् ।
बेमौसमी वर्षासंगै जुड्डी खाेलामा आएकाे बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठामा पुरै क्षति पुगेकाे थियाे । त्यस्तै पाँच शैंयाको अस्थायी कोरोना अस्पताल गाउँपालिकाको सभाहल पनि बगाएको थियाे।
बाढीले कार्यालयमा फर्निचर, श्रेष्ता, औषधि, उपकरण, कम्पुटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, गाउँपालिकाको खेल मैदान, जुड्डी खोला लघु जलविधुत योजनाको तार पोल र महान खोलाले बगाएर क्षतबिच्छेत गरेको थियाे । बाढिले गाउँपालिकाको कार्यालय बगाएर क्षतबिक्षेत बनाएपछि अहिले सेवा दिन कठिनाई भईरहेकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार