होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा सकियो ५० प्रतिशत रोपाई
समाचार

सुदूरपश्चिममा सकियो ५० प्रतिशत रोपाई

  • नागरिक रैबार
सुदूरपश्चिममा सकियो ५० प्रतिशत रोपाई

धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ ।

यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र कञ्चनपुरमा ३७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये झण्डै ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार