१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् ।
कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन् ।
स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै उनले भने, ‘सांसद ठूलो चलखेलमा परे, उनी एक मिनेट पनि सांसद रहनु हुन्न । राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ ।’
फेसबुक प्रतिक्रियाहरु