होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा बिना काम सडकमा निस्किएका १५ सय जना होल्डिङ जोनमा
समाचार

उपत्यकामा बिना काम सडकमा निस्किएका १५ सय जना होल्डिङ जोनमा

  • नागरिक रैबार
उपत्यकामा बिना काम सडकमा निस्किएका १५ सय जना होल्डिङ जोनमा

काठमाडौं । काठमाडौं उपत्यकामा बिनाकाम सडकमा निस्कने करिब १५ सय जनालाई प्रहरीले होल्डिङ जोनमा राखेको छ । काठमाडौंमा ६ सय ७० जना, ललितपुरमा ५ सय ७२ जना र भक्तपुरमा १ सय ७५ जनालाई होल्डिङ जोनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

निषेधाज्ञाको बेवास्ता गरेर सडकमा निस्केकालाई होल्डिङ जोनमा राखेर सम्झाई बुझाई गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी कार्यालयका एसपी सुशील सिंह राठौरले रातोपाटीलाई बताए । प्रहरीले उपत्यकाका प्रत्येक चोकमा होल्डिङ जोन बनाएको छ । बिनाकाम निस्कनेलाई कोरोनाबारे सचेत गराइएको र मास्क नलगाउनेलाई मास्क वितरण गरिएको एसपी राठौरले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार