नागरिक रैबार/बाजुरा १२ असोज । बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व रेविज दिवस मनाइएको छ। जिल्लामा संचालित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले रेविज तत्थ्यलाई बुझ्नसके राम्ररी ,हट्छ डर,त्रास सधैं भरी, नबनौं’ भन्ने नाराका साथ मनाइएको हो ।
उक्त कार्यक्रममा रेविज कस्तो रोग हो र यसबाट कसरी बच्ने यदि लागिहाले भने यसको उपचार के हुन्छ भनेर भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सिद्धराज जोशीले प्रष्ट पारेका थिए ।
रेविज नसाहरुको माध्याम बाट सर्छ, जो जनावरले बच्चा जन्माउने गर्दछ त्यहि जनावर बाट रेजि सर्दछ , उक्त रोगबाट बच्नका लागि सवैलाई आग्रह गरेका छन् । यदि रेविज लागिसके पछि यसको अरु कुनै औषधी नभएर भ्याक्सिन मात्र यसको औषधी हुने बताए ।
उक्त कार्यक्रममा जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यलय बाट ¥याली सुरु गरेर बजार परिक्रम गरि बन कार्यालय नजिकै कोड सभा समापन गरिएको थियो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यलय प्रमुख सिद्धराज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।
विशिष्ठ अतिथिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी , अतिथिमा सहायक प्रमुअ जिल्ला अधिकारी र अन्य कार्यालयका प्रमुख एवंम प्रतिनिधि रहेको कार्यक्रममा बिभिन्न कार्यालयका कर्मचारी , पत्रकार लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम बडिमालिका नगरपालिका पशु शाखा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बाजुराकाे आयाेजनामा गरिएकाे थियाे ।
फेसबुक प्रतिक्रियाहरु