नागरिक रैबार/बाजुरा १४ असार। बडीमालिका नगरपालिका वडा नं. ७ का ४५ जना पशुपालक कृषकलाई बाख्रा वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश अन्तरगत मुख्यमन्त्री एकिकृत कार्यक्रम मार्फत आइतबार सो वडाका ४५ जना पशुपालक कृषकलाई बाख्रा वितरण गरिएको हो ।
वडा नम्बर ७ को समन्वय र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको प्राविधिक सहयोगमा पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्न वडामा रहेका पशुपालक ४५ जना कृषकलाई बाख्रा वितरण गरेको कालाजग्रा बाख्रापालन समन्वय समितिका अध्यक्ष हर्क विकले बताएका छन् ।
बडीमालिका ७ का पशुपालक कृषकहरुलाई बाख्रा र खोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकिकृत कार्यक्रम अन्तरगत गत वर्षबाट कार्यान्वयन हुने गरी ४८ लाख रकम विनियोजन भएको थियो ।
सोही रकम अनुसार २५ लाखमा खोर निर्माण र २३ लाखका बाख्रा खरिद गरेर कृषकहरुलाई आईतबार बाख्रा वितरण गरिएको कालाजग्रा बाख्रापालन समन्वय समितिका अध्यक्ष हर्क विकले बताएका छन् । बाख्रा पालक कृषहरुले सुदूरपश्चिम प्रदेशको सहयोगमा बाख्रा पाएपछि आत्मनिर्भर बन्न सजिलो भएको छ ।
फेसबुक प्रतिक्रियाहरु