होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा फुटाउने न्यायाधीशलाई संसद विघटन हेर्ने जिम्मा
समाचार

नेकपा फुटाउने न्यायाधीशलाई संसद विघटन हेर्ने जिम्मा

  • नागरिक रैबार
नेकपा फुटाउने न्यायाधीशलाई संसद विघटन हेर्ने जिम्मा

गत फागुन २३ गते नेकपालाई फुटाएर एमाले–माओवादी अलग–अलग बनाउने फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठ यसपालि संसद विघटनको मुद्दा हेर्ने संवैधानिक इजलासमा छानिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा शुक्रबार गठित ५ सदस्यीय संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठसमेत परेका हुन् । इजलासमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई र तेजबहादुर केसीसमेत छन् ।

सत्तारुढ नेकपाले आफ्नो पार्टीको नाम जुधाएर निर्वाचन आयोगमा पार्टी दर्ता गराएको भन्दै नेकपाका नेता ऋषि कट्टेलले सर्वोच्च अदालतमा दुई वर्ष पहिले मुद्दा दायर गरेका थिए । सोही मुद्दामा फैसला सुनाउँदै गत फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपाको नाम रद्द गर्ने मागमा एमाले र माओवादीलाई समेत अलग बनाइदिएका थिए ।

न्यायाधीश श्रेष्ठ र रेग्मीले गरेको यो फैसला निवेदकले मागभन्दा बढी आएको भन्दै विधिशास्त्रको क्षेत्रबाटै आलोचना हुँदै आएको छ । अहिले संयोग नै मान्नुपर्छ, फागुन २३ मा नेकपालाई फुटाएर इतिहास बदल्ने उनै न्यायामूर्तिले संवैधानिक इजलासबाट संविधानको व्याख्या गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।

दाङ निवासी न्यायाधीश श्रेष्ठ न्याय सेवाका पुराना र अनुभवी मानिन्छन् । न्याय सेवाको शाखा अधिकृतबाट करिअर सुरु गरेका उनले जिल्ला न्यायाधीश र पुनरावेदन अदालतको मुख्य न्यायाधीशसमेत हुँदै विगत चार वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । सर्वोच्च अदालतमा उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकटस्थ मानिन्छन् ।

विगतमा खासै चर्चा र विवादमा नआएका श्रेष्ठ फागुनमा २३ मा गरेको नेकपा सम्बन्धी फैसलाबाट भने विवादमा तानिएका छन् । सो फैसलालाई राजनीतिक वृत्तबाट मात्र नभएर न्याय क्षेत्रबाटै पनि ‘नमिलेको फैसला’ का रुपमा लिने गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार