नागरिक रैबार/बाजुरा ११ असोज। जिल्लाको बुढीनन्दा नगरपालिका र जगनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा काठमाण्डाैबाट घर आएका २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
उनका अनुसार पोजेटिभ देखिएकामध्ये जगनाथ २ का उमेर २६ काे एकजना र अर्को बुढीनन्दा नगरपालिका ७ को वर्ष ३२ का १ जना रहेका छन् ।
कोरोना पोजेटिभ देखिएका २ जना होम आईसोलेनमा बस्ने गरी घर पठाईएको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । जिल्लामा दशैं तिहार नजिकिसंगै जिल्ला बाहिर गएकाहरु घर फर्किने क्रम बढेपछि स्वास्थ्य कार्यालयले जिल्लाका मुख्य ४ ठाउँ कोल्टी विमानस्थल, धुलाचौर, जुड्डी र बुढीगंगाको डावबहाजरमा हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
फेसबुक प्रतिक्रियाहरु