होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आर्थिक मामिला मन्त्रालयका कर्मचारी !
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आर्थिक मामिला मन्त्रालयका कर्मचारी !

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आर्थिक मामिला मन्त्रालयका कर्मचारी !

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको नाम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको कर्मचारी विवरणमा राखिएको पाइएको छ।

मन्त्रालयको आधिकारीक वेबसाइट http://moeap.sudurpashchim.gov.np/officials मा मुख्यमन्त्री भट्टको तस्बिरसहितको नाम कर्मचारीको विवरणमा राखिएको पाइएको हो। मुख्यमन्त्री भट्टको नाम र फोटोसँगै स्वकीय सचिव, नासु तथा कार्यालय सहयोगी विवरण्ण राखिएकोे छ।

विज्ञापन

तत्कालीन प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएपछि मुख्यमन्त्री भट्टले नै सो मन्त्रालयको जिम्मेवारी लिएका थिए। तर अहिले सो मन्त्रालयको जिम्मेवारीमा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले लिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा भने मुख्यमन्त्री भट्ट नै छन्।

मुख्यमन्त्री भट्ट आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा नरहे पनि मन्त्रालयले आफ्नो बेवसाइट हालसम्म अद्यावधिक नगरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै