होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक पत्नीको विवशता : पतिलाई मुखमा मुख राखेर बचाउन खोजेको फोटो भाइरल
समाचार

एक पत्नीको विवशता : पतिलाई मुखमा मुख राखेर बचाउन खोजेको फोटो भाइरल

  • नागरिक रैबार
एक पत्नीको विवशता : पतिलाई मुखमा मुख राखेर बचाउन खोजेको फोटो भाइरल

धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन।

उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्।

विज्ञापन

अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। उक्त तस्बिसँगै समर राजले लेखेका छन्, ‘छोएर पनि रोग सर्ने अवस्थामा मुखमा मुख जोडेर स्वास दिनु मुर्खता हो तर त्यो एउटा लाचारिपन हो, माया हो, तडप हो। त्यस्तो अवस्थामा आफ्नो ज्यानको माया कहाँ हुन्छ र।’

उक्त घटना भारतको उत्तरप्रदेश स्थित आग्रराको रहेको बताइएको छ।

भारतमा सोमबार एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। त्यस्तै २७ सय भन्दा धेरैको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४ सय ३५ संक्रमित थपिँदा त्यहाँ कुल संक्रमितको संख्या १ करोड ७६ लाख २५ हजार ७ सय ३५ पुगेको ओल्डोमिटरले जनाएको छ।

यस्तै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार