होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
समाचार

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

  • नागरिक रैबार
अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ । राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशका तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै