होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कैलालीमा लकडाउन गर्ने प्रमुख जिल्ला अधिकारीको संकेत
समाज

कैलालीमा लकडाउन गर्ने प्रमुख जिल्ला अधिकारीको संकेत

  • नागरिक रैबार
कैलालीमा लकडाउन गर्ने प्रमुख जिल्ला अधिकारीको संकेत

धनगढी: कोरोना संक्रमणको अवस्था भयाभह भइरहेको भन्दै कैलालीमा लकडाउन गर्ने तयारी थालिएको छ।कोरोना संक्रमण तिव्र रुपमा बढ्न थालेपछि कैलालीमा लकडाउन गर्ने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संकेत गरेका छन्। मंगलबार दिनेशखबरको नागरिक सवालमा कुराकानी गर्दै उनले लकडाउन गर्ने तयारी गरिरहेको बताएका हुन।

 

‘कोरोनाको संक्रमण तिव्र रुपमा बढीरहेको छ। त्यसैले यसलाई कम गर्न आज व्यवसायी र राजनीतिक दलहरुसँग छलफल गरेर जिल्लामा लकडाउन गर्ने निर्णय गर्छौ’ उनले भने।सम्भवतः एक साता लकडाउन गर्नसक्ने निर्णय मंगलबार साँझसम्म आउने उनले बताएका छन्।

 

यस्तै कञ्चनपुरमा पनि अवस्था हेरेर लकडाउन गर्न सकिने त्यहाँका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताएका छन्।सोमबारदेखि कैलाली र कञ्चनपुरमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भएको अन्तर जिल्ला बैठकले कैलाली र कञ्चनपुरमा आजदेखि रात्रिकालिन लकडाउन गरिने निर्णय गरेको थियो।

सो अवधिमा अति आवश्यक बाहेकका सबै काम बन्द गर्ने गरि निर्णय भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै