होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार मेहताको निधन
समाचार

पत्रकार मेहताको निधन

  • नागरिक रैबार
पत्रकार मेहताको निधन

सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए । उनी हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्यवस्थापकका रूपमा कार्यरत थिए । त्यसअघि मेहताले विभिन्न पत्रिकामा काम गरेको परिवारका सदस्यहरुले बताएका छन् । उनको दाहसंस्कार गाउँमै सोमबार राति गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि