होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बझाङमा खाद्यको भन्दा बजारको चामल सस्तो
समाज

बझाङमा खाद्यको भन्दा बजारको चामल सस्तो

  • नागरिक रैबार
बझाङमा खाद्यको भन्दा बजारको चामल सस्तो

बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल प्रतिकिलो ३ रुपैयाँ महँगो भएको गुनासो आउन थालेको छ ।

खाद्यले बिक्री गर्ने चामल महंगो भएपछि नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका सुरेन्द्र जोशीले बताए । मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताए ।

 

‘सरकारी कार्यालयले कोरोना महामारीमा राहत वितरण गर्ने बेला त लिएनन्, आजभोलिको त कुरै छोडौं, सरकारी कार्यालयका नाममा कारागारबाहेक अरु कुनैले पनि चामल लिदैनन्’ उनले भने ।

खाद्यको कार्यालयमा पुग्नका लागि यातायातको पहुँच पनि छैन । खाद्यको शाखा कार्यालय देवलबाट गत आवमा १५३ क्विन्टल चामल मात्र बिक्री भएको छ । जिल्लामा शाखा कार्यालय र तीन डिपो गरी चार बिक्री केन्द्रमध्ये सबैभन्दा बढी साइपाल गाउँपालिकाको काँडा डिपोबाट वर्षेनी चार हजार क्विन्टल चामल बिक्री हुने गरेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै ग्राहक जाने गरेका पाइएको छ । शाखा कार्यालय, डिपो कार्यालय बिसौना र तलकोटबाट प्रतिकिलो ४५ र काँडा डिपोबाट प्रतिकिलो ५० रुपैयाँमा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ ।

यही चामल बजारमा प्रतिकिलो ४२ रुपैयाँमा बिक्री हुने गरेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । संस्थानको चामलको मूल्य महँगो भएको जनगुनासो आए पनि खाद्यका प्रमुख पाण्डेले केन्द्रबाटै निर्धारण भएर आएकाले मूल्य केन्द्रबाट परिपत्र नआउँदासम्म शाखाले घटबढ गर्न नसकिने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै