होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’
राजनीति

आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’

  • नागरिक रैबार
आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ ।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो । तर पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण नहुँदा जसपाको औपचारिक विभाजन रोकिएको छ ।

योबीचमा दुवै पक्षले एक अर्कालाई गरेका कारबाही निर्वाचन आयोगले विधि–विधानसम्मत नभएको भनेपछि निष्प्रभावी भएका थिए । जसपालाई एकताको अवस्थामा पुर्याएर आयोगले मिलेर आउन आग्रह गरेपनि सँगै बस्न सक्ने परिस्थिति नभएको भन्दै दुबै पक्षले पार्टी आधिकारिकतामाथि दाबी माग गरे ।

सोही अनुसार आज आयोगले पार्टीको कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरे आधिकारिकता टुंग्याउँदै छ । यतिबेला कार्यकारिणी र संसदीय दलमा पनि यादव पक्षको प्रस्ट बहुमत देखिएको छ ।

त्यसमा तलमाथि हुन नदिने यादव पक्षले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्य १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदलाई रिसोर्टमा राखेका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि