होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने
समाचार

काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

  • नागरिक रैबार
काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने

नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ ।

बैठकपछि  उनले भने, ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।’

प्रधानमन्त्रीका काम र राष्ट्रपतिको निर्णयविरुद्ध पार्टीपंक्ति र आम नागरिकलाई सोही अनुसार मोबिलाइज निर्णय भएको महतले जानकारी दिए ।‘ुहामीले संसद विघटनको कदमविरुद्ध नागरिक समाजदेखि लिएर पार्टीलाई पूर्ण रुपमा परिचालन गर्ने काम गर्छौं,’ महतको भनाइ छ ।

यस्तै बैठकले तत्काल सडकमा आउनु उपयुक्त नभएको पनि निष्कर्ष निकालेको छ । ‘कोभिड १९ का कारण राजनीतिक लडाइका लागि सडक आन्दोलनमा जान सक्ने अवस्था छैन । नभए लाखौँ मान्छे सडकमा निस्किसक्थे । तत्काल सडकमा जानु उपयुक्त हुँदैन भन्ने बैठकको निष्कर्ष निकालेको छ,’ महत भन्छन् ।

जेष्ठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भएको प्रतिनिधिसभा विघटनको विरुद्धमा काँग्रेसले विपक्षी पार्टीसँग मोर्चाबन्दी निर्माण गरेको छ । त्यसको विरुद्धमा काँग्रेसले माओवादी केन्द्रसहितको एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षसँग मोर्चा बनाएको छ ।

उक्त गठबन्धनले न्यायिक लडाइका लागि सोमबार सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराएको छ । बैठकले कोरोना महामारीबारे पनि छलफल गरेको थियो ।

यस्तै काँग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ ।

बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।

सहमहामन्त्री महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकारअघि बढेको बताए । उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भत्र्सना गरेको बताए ।

महामारीमा जनताको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई बैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवंम भत्र्सना गरेको नेता महतले जानकारी दिए ।

काँग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रीत हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

केही दिनअघि काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै