होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपत्यकामा फेरि देखियो बर्डफ्लु
समाचार

उपत्यकामा फेरि देखियो बर्डफ्लु

  • नागरिक रैबार
उपत्यकामा फेरि देखियो बर्डफ्लु

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लु देखा परेको छ ।

शंकास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो ।बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

बर्डफ्लुको संक्रमण देखिएपछि अहिले सो क्षेत्र र वरपरका क्षेत्रहरुमा समेत सचेत गराइएको विभागले जनाएको छ ।अहिले सम्म पाँच वटा फर्ममा बर्डफ्लुको संक्रमण देखिएको र ती फर्महरुमा पालिएका कुखुरा, चल्ला र दाना समेत नष्ट गरिएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

बर्डफ्लुको संक्रमण अन्य क्षेत्रमा समेत फैलन सक्ने भन्दै अहिले नागरिकमा सबैमा सचेत रहन र कुखरा जन्य वस्तुको किन बेच नगर्न समेत सबैलाई आग्रह गरेको छ ।केही दिन अघि सोही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएपछि करिब १४ वटा हाँस नष्ट गरिएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै