होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फन्को मारेर वारपार हुँदा दार्चुलाका स्थानीयलाई सास्ती
समाचार

फन्को मारेर वारपार हुँदा दार्चुलाका स्थानीयलाई सास्ती

कहिले खुल्लान् सिमाका पुल ?

  • नागरिक रैबार
फन्को मारेर वारपार हुँदा दार्चुलाका स्थानीयलाई सास्ती

नागरिक रैबार
दार्चुला १४ फागुन
दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । भारतसँग सीमा जोडिएका दार्चुलामा ६ नाकाहरु छन् । ति सबै नाकाहरु कोरोना महामारीका कारण सरकारले चैत ११ गते बन्द गरेको थियो । अहिले दार्चुलाको सदरमुकाम खलंगाको नाका खुल्यो, अरु खुलेका छैनन् । त्यसबाहेक सबैका आ–आफ्नै पायकपर्ने लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकालीको दत्त, व्यासको तिगरम र सीतापुल नाका अझै खुलेका छैनन् । यसरी यी वैधानिक सीमा नाका नखुल्दा यहाँका त्यहाँका स्थानीय निराश छन् ।

No description available.

दार्चुला–धार्चुला नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान पाउने सरकारले गत ११ माघमा निर्णय गरेको थियाे । सीमा जोडिएका अन्य नाका नखुल्दा दार्चुलाबासीलाई निकै समस्या छ ।
घरायसी सामान तथा औषधी खरिद वा आफन्त भेट्न भारत जानुपरे घुमेर दार्चुला पुलघाट पुग्दा झनै खर्च बढ्ने र समस्या हुने गरेको महाकाली नगरपालिका वडा नम्बर ९ का स्थानीय विक्रमसिंह सामन्तले बताए ।

विज्ञापन

No description available.

उनले भने, ‘सानो कामका लागि सयौँ रुपैयाँ खर्च गरेर दार्चुला सदरमुकाम खलंगा पुग्नुपर्छ । भारत जानुपरे घरबाट खलंगा पुग्नुपर्छ । खलंगाबाट मात्रै धार्चुला–पिथौरागढ जानुपर्ने अवस्था छ । दत्तु नाकाबाट जान नपाउँदा हामीलाई दैनिक उपभोग्य सामान ल्याउन पनि सास्ती छ ।’ यसरी फन्काे मारेर वारपार हुँदा  स्थानीयलाई सास्ती भएको उनको गुनासो छ ।

No description available.

लेकम क्षेत्रका स्थानीयलाई बिरामी हुँदा विगतमा सहज रूपमा भारतीय क्षेत्रमा गएर उपचार गराउन सहज हुने गरेकामा अहिले समस्या भोग्नुपरेको लेकमका स्थानीय वीरसिंह भण्डारी बताउँछन् ।
‘हामीलाई पिथौरागढसम्म अस्पताल जान छोटो बाटो यही पुल हो । तर, यो पुल नखुल्दा बिरामीले अकालमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ’, भण्डारीले भने ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने सरकारको निर्णयपछि खलंगाको पुलघाट नाका पूर्ण रूपमा खोलिएको बताए । तर, अन्य नाकामा रोक कायमै छ ‘अरू नाका खोल्न गृह मन्त्रालयलाई अनुरोध गरेका छौँ । गृहको पत्र जिल्ला नपुगेकाले अहिले अन्य नाका बन्द गरिएको हो’, उनले भने, ‘माथिबाट आदेश नआई सीधै नाका खोल्न मिल्दैन ।’ दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै