होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेकपा बाजुराको विरोध सभालाई सम्बोधन गर्न भिम रावल कोल्टीमा
Breaking News

नेकपा बाजुराको विरोध सभालाई सम्बोधन गर्न भिम रावल कोल्टीमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेकपा बाजुराको विरोध सभालाई सम्बोधन गर्न भिम रावल कोल्टीमा

नागरिक रैबार
बाजुरा १३ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा प्रदेश निर्वाचन क्षेत्र (क) को कोल्टीमा हुने विरोध सभालाई सम्बोधन गर्न नेकपाका स्थायी कमिटी सदस्य डाक्टर भिम रावल कोल्टीमा पुगेका छन् ।
विरोध सभालाई सम्बोधन गर्न नेकपा सुदूपश्चिम प्रदेशका ईन्चार्ज समेत रहेका डाक्टर रावल सहित केन्द्रिय सदस्य प्रकाश शाह, माननीय बलदेव रेग्मी, केशव विक लगायतका नेताहरु हेलिकप्टर मार्फत कोल्टी आईपुगेको नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले बताएका छन् ।
गत पुस ५ गतेको प्रतिनिधि सभाको असंवैधानिक विघटनको विरुद्धमा आयोजना गरिएको विरोध प्रर्दशन कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र (क) का ४ वटै स्थानीय तहका नेता तथा कार्यक्रर्ताहरु सहभागि भएका छन् ।
बाजुरा जिल्लाको नेकपाको आधार ईलाकाको रुपमा रहेको कोल्टी क्षेत्रमा केपी ओलीको असंवैधानिक संसद् विघटनको विरुद्ध पहिलोपटक आयोजना गरिएको विरोध प्रर्दशनमा प्रचण्ड–माधवको पक्षमा नेता तथा कार्यकर्ताहरु एकबद्ध भएर सहभागि भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै