होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • संसदीय समितिमा माधव नेपालले भने- ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, बधाई !’
राजनीति

संसदीय समितिमा माधव नेपालले भने- ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, बधाई !’

  • नागरिक रैबार
संसदीय समितिमा माधव नेपालले भने- ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, बधाई !’

काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संसद्‌ पुन: स्थापना भएकोमा खुसी साट्दै सांसदहरूलाई बधाई दिएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद् फेरि पुनर्जीवित भएको छ । हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ ।’

उनले महामारीका बेला तत्काललाई चुनावमा जानुपर्ने स्थिति टरेको भन्दै अब संसद्‌लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । ‘संसद् पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँगाउँ जानुपर्ने अवस्था हुने थियो । त्यसको अन्त्य गरेका छौं । अब संसद्लाई प्रभावकारी बनाएर लानुपर्नेछ,’ उनले भने ।

विज्ञापन

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार २८ गते पुन:स्थापनाको फैसला गरेको थियो ।नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले अघिल्लो सरकारका नराम्रा कामबाट सिकेर सचेत भई अघि बढ्नुपर्ने पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार