होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ‘केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण हुँदैन’
Breaking News

‘केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण हुँदैन’

  • नागरिक रैबार
‘केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण हुँदैन’

नेकपा (ओली पक्ष) की नेत्री शान्ता चौधरीले नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै निर्णय प्रमाणीकरण नहुने उल्लेख गरेकी छन्। निर्वाचन आयोगले हिजो साँझ नेकपाका दुवै समूहका मागदाबी अमान्य भएको निर्णय दिएको थियो। निर्वाचन आयोगको यो निर्णयपछि आज फेसबुकमार्फत् लेख्दै नेत्री चौधरीले बहुमत र अल्पमत भन्ने भए कमरेड माधव नेपाललाई किन अध्यक्ष अस्वीकार गरियो भनेर प्रश्न गरेकी छन्।

ओली समूहमा खुलेकी चौधरीले आफूहरूले पटक–पटक बहुमत र अल्पमतको कुरा उठाइएको लेख्दै ४४१ को बहुमत हामीसँग भन्नेलाई किन आधिकारिता नदिइएको भनी प्रचण्ड–नेपाल समूहसँग प्रश्न गरेकी छन्।

उनले लेखेकी छन् –

निर्वाचन आयोगको निर्णयले दुई अध्यक्षको सहमतिबाट हुने निर्णयलाई नै आधिकारिक निर्णय मान्ने गरी पार्टीलाई यथावत राख्ने कुरा पुष्टि गरेछ। बहुमत रअल्पमत भन्ने अस्वीकार गर्‍यो, जुन कुरा हामीले बारम्बार उठाएका थियौं। केही कमरेडहरुको आत्मरती देख्दा सोध्न मन लाग्यो। अब पनि बहुमत र अल्पमत भन्ने भए कमरेड माधव नेपाललाई अध्यक्ष अस्वीकार किन गर्‍यो ? ४४१ को बहुमत हामीसँग भन्नेलाई आधिकारिकता किन दिएन ? कमरेड केपी शर्मा ओलीको हस्ताक्षरबिना कुनै पनि निर्णय प्रमाणीकरण हुँदैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार