होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो
समाचार

थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

  • नागरिक रैबार
थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप प्राप्त गरेको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको हो ।

उनका अनुसार उक्त खोप अहिले टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, खोपमा प्रयोग हुने घोलक पदार्थ र सिरिन्ज आउनमा ढिलाइ हुँदा खोप अभियान अनिश्चित बनेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

विज्ञापन

स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार घोलक पदार्थ पुस १४ गते आउने तय भएको छ । तर सिरिञ्ज आउने मिति भने अनिश्चित छ ।

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्ण पनि खोप आउने सुनिश्चित भएपनि सिरिन्ज आउने मिति सुनिश्चित नभएको खोप अभियान पर सरेको बताए । उनका अनुसार सिरिञ्जको उपलब्ध भएको केही दिनभित्र अभियान सञ्चालन हुनेछ ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपका १ लाख ६२० मात्रा कात्तिक महिनाको दोस्रो साता प्राप्त गरेको थियो । उक्त खोप यसअघि खोप लगाउन छुटेका १२ वर्षमाथिका दीर्घ रोगीहरूलाई उपलब्ध गराइएको थियो ।

सरकारले प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ, लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने बताएको छ । सरकारले बालबालिकालाई विद्यालयमा केन्द्र राखेर खोप दिने योजना बनाएको छ ।

त्यसैगरी बालबालिका लागि सरकारले थप ६० लाख ९०० डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढाएको छ ।

स्वास्थ्य मन्त्रायले पुस ३ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार