होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाचार

भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

गत शनिबार बिहान जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका दास हत्या प्रकरणको विरोधमा ८ बुुँदे मागसहित स्थानीय लगातार आन्दोलनमा छन् ।

विज्ञापन

त्यस्तै, कात्तिक २३ मा टीकापुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका बडुुवालका आफन्त पनि अदालतले तीनजना आरोपीलाई धरौटीमा छाडेको भन्दै विरोधमा छन् ।

बडुवाल हत्या प्रकरणमा फरार मुख्य योजनाकार भनिएका नवीन रावलसहित नौ अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । उनीहरूको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

दास हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परे पनि अन्य अभियुक्त फरार छन् । उनीहरूको पहिचान भइसकेकाले खोजी जारी राखिएको कैलाली प्रहरी बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार