होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • दैलेखमा सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द
समाज

दैलेखमा सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

  • नागरिक रैबार
दैलेखमा सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द

दैलेख — नारायण नगरपालिका– ५ धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।

ज्वरो आउने, रिँगटा लाग्नेलगायत समस्याले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार करिब १५०, सोमबार १०० र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । एकैचोटि धेरै संख्यामा विद्यार्थी बिरामी भएको खबर आएपछि डा. विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए । विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्न समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए ।

बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा. गुरुङले बताए । यो कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधी दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै गुरुङले विस्तारै औषधीले काम गर्ने हुँदा धेरै आत्तिन नपर्ने बताए ।

विज्ञापन

सयौं विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीय यामराज कटुवालले बताए । विद्यार्थी मात्र नभई नारायण – ५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भिड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै