होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपाका क्षेत्रीय अध्यक्षसहित माओवादीमा प्रवेश
समाचार

जसपाका क्षेत्रीय अध्यक्षसहित माओवादीमा प्रवेश

  • नागरिक रैबार
जसपाका क्षेत्रीय अध्यक्षसहित माओवादीमा प्रवेश

जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहित पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् । रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।

जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार, भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेको माओवादीका स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए । क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार