होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने
समाचार

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

  • नागरिक रैबार
कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो ।

साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले जानकारी दिइन् । मन्त्री केसीका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरेको हो ।

कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरूको सेवा दिने स्थल छनोट र सेवा प्रदायक संस्थाहरूको छनोट गरी जीपीएस प्रणालीमार्फत एम्बुलेन्स सेवा एप्स सञ्चालन गरिने छ ।

विज्ञापन

कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदका लागि स्वीकृत लिन मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने, आवश्यक स्वास्थ्य जनशक्ति पूर्ति गर्न र कोभिड संकट व्यवस्थापनका लागि आवश्यक बजेटसहित एकीकृत सेवा व्यवस्थापन गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रदेश अन्तर्गतका कोभिड अस्पतालहरूमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, आइसोलेसनका लागि आवश्यकताअनुसार निजी क्षेत्रको होटलहरूलाई सुरक्षा मापदण्डसहित उपयोग गर्ने मन्त्री केसीले बताइन् ।

त्यस्तै, पाँच जनाभन्दा बढीको संख्यामा भेला हुन नदिने, भिडभाड नियन्त्रण गर्ने, कोरोना संक्रमण बढेकाले सम्बन्धित निकायले नियन्त्रण र उपचारका लागि विशेष ध्यान दिने निर्णय समेत बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै