होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोही पार्टी खोस्ने ढंगले आएको हो भने सम्भव छैन : ओली
समाचार

कोही पार्टी खोस्ने ढंगले आएको हो भने सम्भव छैन : ओली

  • नागरिक रैबार
कोही पार्टी खोस्ने ढंगले आएको हो भने सम्भव छैन : ओली

बालुवाटारमा जारी दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधव नेपाल, योगेश भट्टराईलगायत नेताहरूसँग भेटघाट भयो,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नुपर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर साथीहरूमा पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति भएको देखिँदैन ।’

कम्युनिस्ट पार्टी एकताबद्ध बनाउन आफू दिनरात खटेको भन्दै ओलीले अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए । ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन्,’ ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ।’

विज्ञापन

ती नेताका अनुसार ओलीले पुष्पकमल दाहाल र माधव नेपालको स्वार्थका कारण पार्टी विभाजन भएको बताए । आफूले दु:ख गरेर एकीकृत गरेको पार्टीको साधारण सदस्यबाट समेत हटाउने दुस्साहस दाहाल र नेपालले गरेको उनको भनाइ थियो ।

‘धेरै दु:खले एकीकृत गरेको पार्टी प्रचण्ड–माधव पक्षले आफ्नो महत्त्वाकांक्षा र स्वार्थका कारण पार्टी पुनः विभाजित भयो। विभाजित नभएको भए पनि यतिधेरै शत्रुतापुर्ण सम्बन्ध बनाइसक्नुभएको थियो कि मलाई साधारण सदस्यबाटसमेत हटाउने दुस्साहस गर्नुभयो,’ उनले भने, ‘व्यक्तिहरु नेतृत्वमा हाबी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियत हुने थिएन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार