९ वैशाख, काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई अपशब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा एमाले कार्यकर्ता बालिका खड्का छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार खड्कालाई पक्राउ गरेर प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । उनले भने, ‘सार्वजनिक ठाउँमा अभद्र व्यवहार गरेपछि पक्राउ परेका हौं, के मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’
प्रहरीका अनुसार एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा घटना भएको हो ।
फेसबुक प्रतिक्रियाहरु