होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली
राजनीति

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

अनुशासनहीनता र अराजकतासँग कुनै पनि हालतमा सम्झौता हुन नसक्ने

  • नागरिक रैबार
माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिले पनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।

‘हाम्राविरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउनीमा छ, सच्याउनेमा छ । अहिले पनि भरसक पार्टीमा क्षति नहोस् भन्ने छ । ’

पार्टीमा अनुशासनहीनता चल्ने नभन्दै ओलीले अनुशासनहीनता र अराजकतासँग कुनैपनि हालतमा सम्झौता हुन नसक्ने बताए । ‘पार्टी विरोधी र गुटगत गतिविधिमा कुनै पनि हालतमा सम्झौता हुन सक्दैन’, व्यक्तिगत तबरमा कुराकानी हुनसक्ने भए पनि अब पार्टीभित्र गुटगत गतिविधि चल्दैन ।’

संसदीय इतिहासमा नभएको काम माधव नेपालबाट भयो ​

ओलीले पार्टीलाई अनुचित ढङ्गले कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने प्रयास भएको भन्दै त्यो कृयाकलाप अहिले पनि जारी रहेको बताएका छन् । नेपाल समूहले अहिले पनि फ्लोर क्रस गर्ने तथा पार्टी हितविपरीतका गतिविधिलाई जारी राखेको भन्दै ओलीले आक्रोश पोखे ।

‘पार्टीकै नाउमा पार्टीभित्रबाट कहीँ फ्लोर क्रस गर्ने, नेपालको संसदीय आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संसदीय इतिहासमा यति साह्रो अराजक, यस्तो दृश्य कहीँ कतै पनि देखिएको छैन’ बिहीबार नेपाल कम्युनिस्ट

यस्ता प्रवृत्तिका विरुद्ध पार्टी जुधिरहेको भन्दै ओलीले विगतमा आफूहरुलाई पार्टी विहीन बनाउने खोजिएको भन्दै त्यो प्रयास असफल भएको पनि बताए ।

पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्दै ओलीले भने, ‘बरु अलग भएका छन्, पार्टीभित्रै बस्ने, अनुशासनहीन काम गर्ने, फ्लोर क्रस गर्ने र कम्युनिस्ट पार्टीलाई गर्व गरेका छन् ।’

ओलीले तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड (हाल माओवादी केन्द्र अध्यक्ष) र वरिष्ठ नेता नेपालले आफूलाई ‘टाउकोमा हानेर रन्थन्याउने नीति’ लिएको भन्दै कटाक्ष गरे । प्रचण्ड र नेपालहरुमा चरम महत्त्वकांक्षा​ र संकीर्ण मानसिकताले आफूलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यबाटै हटाउने दुष्प्रयास भएको पनि स्मरण गरे । आफू ५६ सालदेखि कम्युनिस्ट पार्टीको सदस्य रहेको उल्लेख गर्दै कठीन परिस्थितिमा आन्दोलनलाई माथि उठाउन भूमिका निर्वाह गरेकाले कसैले कथित कारबाही गर्दैमा हट्ने कुरा नहुने बताए ।

ओलीले भने, ‘म ५६ वर्ष अगाडिदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु, ५० वर्ष अगाडि एउटा नयाँ आन्दोलन सुरु गरेर लागेको छु । तर ममाथिबाट हमला सुरु भयो । हमला पनि यस्तो भयो कि साधारण सदस्यबाटै निष्काशन गरियो ।’

उनले अगाडि थपे, ‘उद्घोष थियो केपी ओलीलाई पत्तासाफ बनाइयो, भित्तामा टँसाइदिन्छु । धूलोमा मिलाइदिन्छु । धूलोमा मिलाए । ममाथि किन त्यस्तो आक्रमण थियो भने टाउकोमा हान्ने हो भने शरीर सग्लै भए पनि रन्थनिने भयो नि । त्यसरी टाउकोमा हान्ने नीति उनीहरुमा रह्यो र नेतृत्वदेखि शीर्ष नेतालाई कारबाहीमा पारियो ।’

उनले सो कारबाहीलाई तथाकथित कारबाहीको संज्ञा दिँदै आन्दोलनलाई ध्वस्त पार्ने निकृष्ट प्रयास भएको र त्यो परिस्थितिलाई आफूहरुले पार गरेर आएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि