होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्युतका हाकिम र प्रहरी हवल्दार कार्यालय भित्रै थुनिए
समाचार

विद्युतका हाकिम र प्रहरी हवल्दार कार्यालय भित्रै थुनिए

प्रहरी प्रशासन हेरेको हेरै

  • नागरिक रैबार
विद्युतका हाकिम र प्रहरी हवल्दार कार्यालय भित्रै थुनिए

नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला वन्दी गरेको छ ।

मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना प्रहरी हवल्दार भित्रै थुनिएका छन् ।

आईतबार अनेरास्ववियु र युवा संघका युवाहरुले त्रिवेणी साना जलविद्युत केन्द्रमा तालावन्दी गर्दा कार्यालय बाहिर सुरक्षार्थ खटिएका नेपाल प्रहरी र शसत्र प्रहरीहरु भने मुखदर्शक बनेका थिए ।

विज्ञापन

No description available.

यता त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पंण्डितले भने त्रिवेणीले पुरानो जिर्ण अवस्थामा रहेका पुराना मेसिनहको मर्मत गर्दै सदरमुकामबासीलाई विद्युत नियमित दिन लागिपरेको बताएका छन् । उनले भने आफुहरुसंग विना वार्ता एक्कासी आएर कार्यालयमा तालावन्दी र आफुमाथि हातपात गरेको बताए ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार