होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई राष्ट्रपतिले जनताको नासो फर्काउनुपर्छ : अर्याल
समाचार

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई राष्ट्रपतिले जनताको नासो फर्काउनुपर्छ : अर्याल

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई राष्ट्रपतिले जनताको नासो फर्काउनुपर्छ : अर्याल

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको निरन्तर सुनुवाइको पाँचौं दिन बिहीबार पनि संवैधानिक इजलासमा बहस जारी छ । निवेदकका कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन् । ‘राष्ट्रपति स्वय‌ंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ,’ उनले भने ।

 

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता नलिए सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले आफूमा रहेको अधिकार प्रयोग गरेर संसद् सुचारु गर्न सक्ने अर्यालको तर्क थियो ।

प्रतिनिधिसभा विघटनको निर्णय राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै रहेको तर राजपत्रमा प्रकाशित नगरिएको अर्यालको भनाइ छ । उनले भने, ‘सूचना राजपत्रमा आएको छैन । विगतका सूचना राजपत्रमा आउने गरेका थिए । प्रतिनिधिसभा विघटनको सूचना भने राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै आएको छ ।’

तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानविपरीत कार्यकारी अधिकार आफूमा लगेको र पछि ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ उदाहरण दिँदै उनले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने बताए ।

 

२०१५ सालको संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था रहेको भए पनि त्यति बेला अर्कै संकटकालीन व्यवस्थाको धारा लगाएर दुवै सदन विघटन गरिएको र व्यवस्था नै गुमेको अर्यालले उदाहरण दिएका थिए । २०४७ सालको संविधानको धारा ५३ (४) मा प्रतिनिधिसभा विघटनको व्यवस्था रहेको र सोहीबमोजिम चारपटक प्रतिनिधिसभा विघटन प्रस्ताव आएको बताउँदै उनले अहिलेको संविधानमा त्यस्तो व्यवस्था नरहेको बताए ।

अहिले कार्यकारी प्रमुख संविधानविपरीत चलेर प्रतिनिधिसभा विघटन गरेको र संविधानको मृत्युको कारण बनिरहेको अर्यालले बताए । प्रधानमन्त्रीले संवैधानिक शक्ति सन्तुलनलाई पनि ख्याल नगरेको उनको भनाइ छ ।

संविधानको धारा ७६ मा सरकार गठनको विषयमा मात्रै उल्लेख गरिएको र धारा ८५ ले प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने व्यवस्था स्पष्ट रूपमा राखेको अर्यालले बताए । ‘पार्टीभित्र पनि अरु विकल्प खोज्न सकिन्छ । संसद्‌मा पनि अरु विकल्प खोज्न सकिन्छ । एकै व्यक्ति ५ वर्षको कार्यकाल भन्ने छैन,’ उनले भने । अहिलेको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क राखे ।

प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन राष्ट्रपतिले नमाने सभामुख र सांसदहरूले आत्मरक्षाको अधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘आत्मरक्षाको अधिकार प्रयोग गरी सभामुख र सांसदले संसद् आह्वान गर्नु संविधानवाद अनुकूल हुन्छ,’ उनले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानका असम्बन्धित धाराको प्रयोग गरेर यस्ता निर्णय फेरि नगर्नू भनेर सर्वोच्च अदालतले सचेत गराउनुपर्ने पनि अधिवक्ता अर्यालको माग थियो ।

विगतका संविधान र अहिलेको संविधानमा संसद् विघटनसम्बन्धी व्यवस्था नितान्त फरक रहेकाले सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि अहिलेको संविधान हेरेर फैसला गर्न अर्यालले आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै