होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेमा जन्मियो अर्को साइबर सेना, प्रभु साहले बनाए ‘आइटी आर्मी’
समाचार

एमालेमा जन्मियो अर्को साइबर सेना, प्रभु साहले बनाए ‘आइटी आर्मी’

  • नागरिक रैबार
एमालेमा जन्मियो अर्को साइबर सेना,  प्रभु साहले बनाए ‘आइटी आर्मी’

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो ।

आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय रहने आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साहले बताए । आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टिलिजेन्स विभागसमेत रहने बताइएको छ ।

मंगलबार लोकन्थलीको दिव्यश्वरी पार्टी प्यालेसबाट घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ को कार्यक्रममा अतिथिका रूपमा पूर्व मन्त्री प्रभु साह, टोपबहादुर रायमाझी र लेखराज भट्टका साथै एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल लगायतका एमाले नेताहरूको सहभागिता रहने आयोजकले बताए ।

विज्ञापन

आइटी आर्मीको घोषणापत्र र कार्यविधिसमेत तयार भएको बताइएको छ । यसले सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखेको घोषणापत्रमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार