होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देश/प्रदेश

यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • नागरिक रैबार
यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको भने बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्‍चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार