होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीले सोधेको स्पष्टीकरणबारे माधव समूहको तीन निष्कर्ष
राजनीति

ओलीले सोधेको स्पष्टीकरणबारे माधव समूहको तीन निष्कर्ष

  • नागरिक रैबार
ओलीले सोधेको स्पष्टीकरणबारे माधव समूहको तीन निष्कर्ष

७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाउने निर्णय गरेको छ । स्पष्टीकरण सोधिएका २७ सांसदहरुले व्यक्तिगत रुपमा लिखित जवाफ निर्धारित समयभित्रै पठाउने भएका हुन् ।

मंगलबार अध्यक्ष ओलीले सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए ।

 

त्यसलगत्तै बसेको माधव नेपाल समूहका सांसदहरुको बैठकले तीनवटा निश्कर्ष निकालेको छ । मंगलबार बानेश्वरमा बसेको बैठकले ओलीको यो कदमलाई पार्टी विभाजन गर्ने शृङ्खलाबद्ध प्रयासको उपक्रमकै रुपमा बुझ्नेदेखि एमाले नछोड्नेसम्मको निश्कर्ष निकालेको सांसद घनश्याम भुसाल बताउँछन् ।

पहिलो– पार्टी र आन्दोलन सिध्याउने प्रयास । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालसहित सांसदहरुको बैठकले अध्यक्ष ओली पार्टी सिध्याउन लागेकाले यसलाई रोक्ने निश्कर्ष निकालेको नेताहरुले बताएका छन् । ‘मन नपरेका जतिलाई स्पष्टीकरण सोधिनु पनि पार्टी विभाजन गर्ने ओलीको अर्को प्रयासकै रुपमा बुझ्नुपर्नेमा हामी सहमत भयौं’, सांसद गणेश पहाडी भन्छन् ।

गएको वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, ५ पुसको प्रतिनिधिसभा विघटन, २८ फागुनमा आफू इतर समूहलाई भूमिकाविहीन बनाउने निर्णय र सांसदहरुलाई सोधिएको स्पष्टीकरणलगायत कदमले ओली जसरी पनि एमाले विभाजन गर्न चाहन्छन् भन्ने निष्कर्ष यो समूहले निकालेको छ ।

ओलीले एमाले, वाम आन्दोलन र लोकतान्त्रिक आन्दोलन समेत सिध्याउन सुनियोजित रुपमा एकपछि अर्को विभाजनकारी निर्णय गरिरहेको नेपाल समूहको निष्कर्ष छ ।

दोस्रो– भ्रम चिर्ने । एकपटकै ठूलो संख्यामा सांसदहरुलाई स्पष्टीकरण सोधेर अध्यक्ष ओलीले ओली भय सिर्जना गर्न खोजेको नेपाल समूहका सांसदहरुको निकर्ष छ । त्यस्तो भ्रम र भयबाट पार्टी पंक्तिलाई सचेत गराउने उनीहरुले बताएका छन् ।

स्पष्टीकरण र अन्य माध्यमबाट पार्टी पंक्तिलाई वास्तविकता बताउनुपर्छ भन्नेमा सहभागी सांसदहरु सहमत भएका छन् । ‘यो कुरा पार्टी पंक्तिमा लैजाने, भ्रम चिर्ने, पार्टीलाई र आन्दोलनलाई जोगाउन आह्वान गरिन्छ’, एक नेताले भन्छन् ।

तेस्रो– पार्टीमै रहने, एमाले जोगाउने । अध्यक्ष ओलीले स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाही गर्ने र पार्टी विभाजन गर्ने अध्यक्ष ओलीको चाहना भए पनि एमालेमै रहने नेपाल समूहका सांसदहरुको निष्कर्ष छ ।

सांसद रामकुमारी झाँकीले भनिन्, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि