होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बढ्दैछ कोरोना, चल्दैछ जात्रा !
समाचार

बढ्दैछ कोरोना, चल्दैछ जात्रा !

  • नागरिक रैबार
बढ्दैछ कोरोना, चल्दैछ जात्रा !

नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सोमबार निर्णय गर्‍यो – मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने ।

​तर, सरकारको उक्त निर्णयको उल्लंघन दोस्रो दिनबाटै सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट सरकारी नियमको उल्लंघनको शुरुवात गरेकोमा साँझ उक्त नियमलाई सेतो मच्छिन्द्रनाथ जात्राको क्रममा पनि बेवास्ता गरिएको छ ।

​पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो समय कै सर्वाधिक १७ सय ३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये, कोरोनाभाइरस संक्रमणको हब बनेको काठमाडौँमा मात्र एकै दिन ५ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

विज्ञापन

​संक्रमणको उच्च जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारबाट सुरु भएको छ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिएको थियो । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु भएको थियाे । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।

असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छिन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा पुर्याएपछि अन्त्य गरिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै
सूचना-प्रविधि
हट्दै टिकटकमाथिको प्रतिबन्ध, सञ्चारमन्त्रीले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाँदै

काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]

  • २ हप्ता अगाडि