होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कायत’ जाति सूचीकृत नभएपछि जनगणना बहिष्कार
समाचार

‘कायत’ जाति सूचीकृत नभएपछि जनगणना बहिष्कार

  • नागरिक रैबार
‘कायत’ जाति सूचीकृत नभएपछि जनगणना बहिष्कार

बागलुङ — दस वर्षअघिको राष्ट्रिय जनगणनामा ढोरपाटन नगरपालिका–७ का शिक्षक यामबहादुर कायत सुपरिवेक्षक थिए । उनले आफ्नै समुदायको तथ्यांक निकाल्दा वडामा मात्रै ७७ घरधुरीमा कायत जाति बसोबास गर्थे । जनगणनाको नतिजा आउँदा तथ्यांक विभागको प्रतिवेदनमा यो जाति देखिएन ।

झन्डै ४ सय जनसंख्या रहेको कायतको थर तथ्यांक विभागले सफ्टवेयरमै नचढाएको पाइएको तथ्यांक कार्यालय बागलुङका प्रमुख तथ्यांक अधिकृत मुकुन्द शर्माले बताए । ‘१० वर्षअघि कायत लेख्दा सफ्टवेयरले कायस्थ देखाएछ, सबै जनाको तथ्यांक उतै जोडिएको पाइयो,’ शर्माले भने, ‘प्रतिवेदनमा १ सय २५ जाति देखिएकामा कायत थपिए १ सय २६ हुनेछन् ।’

आफ्नो समुदायको नाम र जाति नै अघिल्लै जनगणनामा नभएको भन्दै स्थानीयले यसपटक गणना बहिष्कार गरेका छन् । आफ्नो जातिको पहिचान नभएसम्म गणना हुन नदिने भन्दै उनीहरूले गणकलाई कुनै विवरण नदिई फर्काइदिएका हुन् । ‘हामी लोपोन्मुख आदिवासी जनजाति हौं, तर हाम्रो कतै पनि जाति उल्लेख छैन,’ यामबहादुर कायतले भने, ‘देशभरका जातिको विवरणमा नपरेपछि हामीले किन तथ्यांक लेखाउनुपर्‍यो ?’ तथ्यांक अधिकृत र प्रमुख जिल्ला अधिकारी आएर गाउँलेलाई सम्झाउनुपर्ने उनको भनाइ छ । ‘हाम्रो तथ्यांक समावेश हुन्छ, हामी जातिमा गनिन्छौं भनेमात्रै तथ्यांक दिन तयार छौं,’ कायतले भने, ‘नत्र हामी राज्यको प्राथमिकतामा नपरेपछि किन जनगणनामा सहभागी हुने ?’ राज्यका निकायले लोपोन्मुख जातिकै उपेक्षा गरेको उनको भनाइ छ । कायत सयौं वर्षदेखि बोबाङ गाउँमै बस्दै आएको उनीहरूको दाबी छ ।

विज्ञापन

ढोरपाटन क्षेत्रमा बस्ने कायत जस्तै यहाँ अदै, भण्डारीलगायत अन्य जाति पनि छन् । उनीहरूले आफूहरू नौथरे भएको बताउँछन् । दलित र जनजाति मिलेर बसेको गाउँ भएकाले उनीहरूको बोलीचाली समावेशी प्रकारको छ । वडाध्यक्ष दीपक थापाले कुनै पनि जाति, भाषाको पहिचान गुम्ने काम गर्न नहुने बताए । ‘उहाँहरू लोपोन्मुख जनजाति समूहमा पर्नुहुन्छ, तर के कारणले छुट्नुभएको हो, म बुझेर छलफल चलाउँछु,’ थापाले भने, ‘प्राविधिक वा नीतिगत रूपमा छुटेको भए अबको गणनामा उहाँहरूको पहिचान खुल्नुपर्छ ।’ तथ्यांक अधिकृत मुकुन्द शर्माले पनि पहिचान बनाउने कुरामा पहल गर्ने बताए । ‘तपाईंहरू तथ्यांकमा आउनुहोस्, प्राविधिक कारणले भएको त्रुटि सच्याउने र जातिगत पहिचानमा ल्याउन पहल गर्छौं,’ शर्माले भने, ‘कायत लेख्दा सफ्टवेयरको कायस्थ भएको देखिन्छ, अब त्यो जातिको महल छुट्टै बनाउन लगाउँछौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार