होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बैठक : १७ दिनअघि १३ औँ र १७ दिनपछि १० औँ कसरी ?
समाचार

एमाले बैठक : १७ दिनअघि १३ औँ र १७ दिनपछि १० औँ कसरी ?

  • नागरिक रैबार
एमाले बैठक : १७ दिनअघि १३ औँ र १७ दिनपछि १० औँ कसरी ?

यसअघिको बैठकलाई आधार मान्ने हो भने सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठक १४ औं हुनुपर्ने हो । तर, सोमबारको बैठकस्थलमा १० औं केन्द्रीय समिति बैठक भनेर ब्यानर राखिएको थियो ।

११ बजेका लागि तय भएको बैठकमा भाग लिन पुगेका केही केन्द्रीय सदस्यहरु सुरुमा त दशौं बैठक भनेर लेखिएको ब्यानर पढेर अल्मलिन पुगेका थिए । हुनपनि गत असार १८ गते बसेको केन्द्रीय समिति बैठकमा उनीहरुले १३ औं बैठकको ब्यानर पढेका थिए । तर कुरो खुल्दै गयो कि एमाले विवाद मिलाउन गठित कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सोमबारको बैठक १० औं मा परिणत गरिएको रहेछ । किनभने एमालेको माधव नेपाल पक्षको माग र कार्यदलको सुझाव अनुसार २०७५ जेठ ३ अघि एमालेको नवौं केन्द्रीय समिति बैठक बसेको थियो ।

‘सोही अनुसार साउन ४ मा बसेको बैठकलाई १० औं भनिएको हो’, एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ छ । एमालेका केन्द्रीय सदस्य कर्ण थापाले माधव नेपाल पक्षको माग र कार्यदलको १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा सोमबारको बैठक दशौं बैठकमा परिणत गरेको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार