होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिकाको ७ नम्बर वडाले पाउँछ बाजुराभरमै सबैभन्दा बढी वार्षिक २४ करोडको बजेट
Breaking News

बडीमालिकाको ७ नम्बर वडाले पाउँछ बाजुराभरमै सबैभन्दा बढी वार्षिक २४ करोडको बजेट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिकाको ७ नम्बर वडाले पाउँछ बाजुराभरमै सबैभन्दा बढी वार्षिक २४ करोडको बजेट

नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो ।

वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश र स्थानीयको गरेर २४ करोड रुपैयाँ बढी बजेट वडाले पाएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए । बाजुरामा सबैभन्दा बढी बजेट भएको वडा ७ नम्बर नै रहेको उनको दाबी छ ।

 

आगामी आर्थिक वर्ष २०७८/०७९ मा संघबाट १८ करोड ७४ लाख, प्रदेशबाट ४ करोड ४ लाख, नगरपालिकाबाट ८१ लाख, वडाको २४ लाख २५ हजार र गैरसरकारी संस्थाको ८८ लाख रुपैयाँ विकासे बजेट रहेको वडाध्यक्ष पाध्यायले जानाकारी दिए ।

सबै गरेर वडामा विकासे बजेट २४ करोड ७१ लाख २५ हजार रुपैयाँ छ । सोही वडाबाट मार्तडी–कोल्टी सडक खण्ड कालोपत्रे भइरहे पनि उक्त बजेट यसमा नसमेटिएको अध्यक्ष पाध्यायको भनाइ छ ।

संघको बजेटबाट १० शय्याको अस्पताल, स्थानीय र संघ सरकारको सहकार्यमा ६ करोड ९७ लाखको कालाजाग्रा पार्क तथा पदमार्ग र ५४ लाख रुपैयाँमा सरस्वती आधारभूत विद्यालय निर्माण गरिनेछ ।

 

‘प्रदेशबाट वडामा २१ योजनाका लागि ४ करोड ४ लाख रुपैयाँ विनियोजन भएको छ’, वडाध्यक्ष पाध्यायले भने, ‘प्रदेश र संघ सरकारसँग सहकार्यमा बजेट आएको हो ।’प्रदेश आर्थिक मामलामन्त्री प्रकाश शाहका निजी सचिव जंग विक पनि सोही वडाका बासिन्दा हुन् ।

प्रदेश सरकारबाट तलागाउँ सिराडी बाख्रापालनमा ३० लाख, दमाई टोल मन्दिर १० लाखु, जिल्ली सिँचाइ ८० लाख, समाज सुधार भवन निर्माण २० लाख, समाज सुधार कृषि सहकारी भवन ३५ लाख, जिल्ली–माउलेख–सिराडी सडक ३१ लाख र जिल्ली–तलगाउँ खानेपानीका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै