होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व
राजनीति

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व

अहिलेसम्म कांग्रेस १३ र एमाले १४ पटक सरकारमा

  • नागरिक रैबार
३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे ।

तर तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ ।

 

वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ सरकारमा समेत थियो । मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।

यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् ।अहिलेसम्म एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् । एमाले १४ पटक सरकारमा गएको छ ।

यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ ।  कान्तिपुरबाट साभार

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि