होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खलनायक र विदूषकलाई सबैले राम्ररी चिनौं : महासचिव पोखरेल
राजनीति

खलनायक र विदूषकलाई सबैले राम्ररी चिनौं : महासचिव पोखरेल

  • नागरिक रैबार
खलनायक र विदूषकलाई सबैले राम्ररी चिनौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा उनको पक्षमा उभिएका एमाले नेताहरुलाई पोखरेलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए भने २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तष्टथताको नीति लिएका थिए । अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेको विद्रोही पक्षसहित देउवाले १६५ मत पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि