होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
देश/प्रदेश

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँ मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसीको नाम प्रस्ताव

  • नागरिक रैबार
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरे । प्रदेशसभामा अहिले ८५ सदस्य छन् । सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्छ । जनता समाजवादीकी कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले हस्ताक्षर गरेका छैनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा माओवादीले दुई सांसदको पद निलम्बन गरेपछि ८५ सांसद छन् ।

सचिवालयका सचिव पुनले कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ जनाको हस्ताक्षर रहेको बताए । जनमोर्चाले यसअघि नै अविश्वासका प्रस्तावमा समर्थन गर्ने जनाए पनि तारा जिसी बाहिर रहेकाले हस्ताक्षर हुन नसकेको हो । जसपाकी पाण्डेले भने केन्द्रबाट कुनै निर्णय नआएको र हस्ताक्षरका लागि कसैले आग्रह पनि नगरेकाले आफूले हस्ताक्षर नगरेको बताइन् । तत्काल कायम रहेको ८५ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४३ मत आवश्यक हुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २३ घन्टा अगाडि