होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कर्णालीको दृश्य देखेर केपी ओली डराए : गुरुङ
राजनीति

कर्णालीको दृश्य देखेर केपी ओली डराए : गुरुङ

  • नागरिक रैबार
कर्णालीको दृश्य देखेर केपी ओली डराए : गुरुङ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक देव गुरुङले सरकार कर्णाली प्रदेशको दृश्य देखेर डराएको आरोप लगाएका छन्। सरकारले आज दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको चालु अधिवेशनको अन्त्य गरेपछि प्रतिक्रिया दिँदै सचेतक गुरुङले दिनभरमा फेरिनसक्ने घटनाक्रमले ओली डराएको बताए।

यसैबीच, पार्टीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै स्थगित भएको मुख्य सचेतक गुरुङले जानकारी दिए। अविश्वासको प्रस्ताव दलहरुको अधिकार भएको यसलाई कुण्ठित गर्न नहुने पनि बताए।

उनले भने, ‘बजेट अधिवेशन आह्वानका लागि पनि यो अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ। तर अविश्वासको प्रस्ताव आउँछ भन्ने भयले अधिवेशन अन्त्य गर्नु छै ठीक होईन।’ गुरुङले आवश्यक गृहकार्य गरेर बैठक भोलि बस्ने बताए।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि बैठक बोलाइएको थियो। पार्टीको आगामी योजना, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे बैठकमा छलफल गर्ने बुझिएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि